काठमाडौं । छिमेकी देश भारतको गोवास्थित एक नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ ।
अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो । प्रहरीका अनुसार घटना शनिबार मध्यराति १२ बजे भएको हो ।
कतिपयको जलेर र कतिपयको धुवाँमा निसास्एिर मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मृत्यु हुनेमा तीन महिला र केही पर्यटकहरू पनि छन् ।
घटनालगत्तै गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय जनप्रतिनिधिहरू घटनास्थल पुगेका थिए ।

मुख्यमन्त्री सावन्तले घटनाको जाँच गर्न र दोषीलाई कारबाही गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
