शुक्र, अशोज ९, २०८३
17.1 C
Kathmandu

फागुन २१ को निर्वाचनका लागि आयोगको तयारी तीब्र, समानुपातिकतर्फ दल दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ ।

निर्वाचनका लागि राजनीतिक दलहरूले पनि आन्तरिक तयारीलाई तीव्र पारेका छन् । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आइतबार समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरिएको छ । आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म दल दर्ताको समय दिइएको छ ।

समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची आगामी बुधबार प्रकाशित गर्ने कार्यतालिका छ ।

आयोगमा निवेदन दिएका दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ ।

माघ ३० गते समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ ।

सम्बन्धित समाचार

ताजा न्यूज