शुक्र, कार्तिक ७, २०८३
13.1 C
Kathmandu

भदौ २३ गते जेनजी शहीद दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवस मनाउने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

त्यस्तै, सरकारले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमति, अविवाहित छोरी, अविवाहित छोरालाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई यसअघि नै शहीद घोषणा गरिसकेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज