सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

संयुक्त राष्ट्रसंघीय सम्मेलनमा तापक्रम १.५ डिग्रीमा सीमित राख्न ऐक्यबद्धता

एजेन्सी । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलनमा सहभागी देशहरूले तापक्रम १.५ डिग्रीमा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता जनाएका छन् ।
संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन कार्यकारी सचिव साइमोन स्टिलले सम्मेलन समापन गर्दै अमेरिका पछाडि हटेको विषयले ठूलो ध्यान खिचेको बताए ।

उनले तीव्र राजनीतिक हावाहुरीबीच पनि १९४ देशहरू जलवायु सहयोगका पक्षमा ठोस र अविचल समर्थनसहित ऐक्यबद्ध रूपमा उभिएको बताए ।

सदस्य राष्ट्रहरूबीच जीवाष्म इन्धनको मुद्दा, अनुकूलन वित्त, जलवायु न्यायलगायत विषयमा गहन छलफल भएको छ ।

सम्मेनलस्थलमा अधिकारकर्मी र आदिवासी समुदायले आफ्ना हकअधिकार तथा जीवाष्म इन्धन अन्त्यको मागसहित विशाल प्रदर्शन गरेका थिए ।

अन्तिम साता सम्मेलनस्थलमा भएको आगलागीले केही समय कार्यक्रम सञ्चालनमा अवरोधसमेत पुगेको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज