सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

मुख्यसचिव एकनारायण अर्याल अवकाशमा, नयाँ मुख्यसचिवमा सुमन अर्याल नियुक्त

काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल मंगलबारदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उनले अनिवार्य अवकाश पाउने भएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ ।

विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा उनी नियुक्त भएका थिए । मुख्यसचिवका रूपमा उनले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरे । जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग भएको वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरेको मुख्यसचिव अर्यालले दाबी गरेका छन् ।

मुख्य सचिवको रूपमा सुमन अर्यालले अब ७ महिना निजामती कर्मचारीको नेतृत्व गर्नेछन्। अर्याल २०७७ माघमा सचिवमा बढुवा भएका थिए। उनले कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक कार्यालय, महिला, ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरेका थिए।

२०२५ असार २६ गते जन्मिएका काठमाडौँ जोरपाटीका अर्यालले उमेरहदका कारण २०८३ असार २५ गते अवकाश पाउनेछन्।

सम्बन्धित समाचार

ताजा न्यूज