शनि, कार्तिक ८, २०८३
15.1 C
Kathmandu

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका १६ वटा रिट निवेदनमा बुधबारदेखि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल र आयुष बडाललगायतले सुशीला कार्कीको नियुक्ति बदर र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै रिट दर्ता गरेका हुन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्री नियुक्त भएसँगै कार्कीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन । प्रधानमन्त्रीको सिफारिसबमोजिम राष्ट्रपति पौडेलले भदौ २७ गते राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधिसभा विघटन गरेका थिए ।

प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज