शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

कप्तान साम्बाविनै भारतसँग मैदान उत्रिदै नेपाली महिला टोली

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेलमा बुधबार साँझ भारतको सामना गर्दैछ ।

खेल सिक्किमको पाल्जोर रंगशालामा नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ । नेपाल र भारत दुई दिनको अन्तरमा दोस्रो पटक आमने सामने हुँदैछन् ।

यसअघि नेपालले कप्तान सावित्रा भण्डारीको दुई गोलको मद्दतमा भारतलाई २–१ ले पराजित गरेको थियो ।

आज भने सावित्राले नखेल्ने भएकी छिन् । सावित्रा व्यावसायीक फुटबलका लागि अस्ट्रेलिया फर्किसकेकी छिन् ।

सावित्रा न्युजिल्यान्डको क्लब विलिङ्टन फोनिक्समा आबद्ध छिन् । यो क्लबले अस्ट्रेलियन महिला लिग खेल्ने गर्छ ।

मिडफिल्डर प्रीति राई र गोलकिपर अञ्जिला सुब्बाले पनि आजको खेल नखेल्ने भएका छन् ।

नेपाल र भारतबीच हालसम्म १८ खेल भएका छन् । जसमा नेपालले चार जित दर्ता गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज