शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

बन्धक बनेको २ वर्षपछि हमासले बुझायो विपिन जोशीको शव, फरेन्सिक परीक्षण हुँदै

काठमाडौं । बन्धनमा परेको २ वर्षपछि नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको पुष्टि भएको छ।

प्यालेस्टिनी अतिवादी समूह हमासले विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गरेको छ । हमासले रेडक्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो ।

इजरायली सेनाले रेडक्रसमार्फत शवका चार वटा बाकस प्राप्त भएको पुष्टि गरेको छ । उक्त बाकसमा विपिन, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव रहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।

बन्धकहरू छाड्ने दिनसम्म विपिन जोशीको स्थिति अज्ञात भनिएको थियो । चारै जनाको शवको फरेन्सिक परीक्षण हुनेछ ।

फरेन्सिक जाँचका लागि शव तेल अविभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पु¥याइएको छ । शव पहिचान प्रक्रिया सुरू भएको र त्यसका लागि दुई दिन लाग्न सक्ने अधिकारीहरूले जनाएका छन् ।

विपिनकी आमा पद्मा र बहिनी पुष्पा अहिले अमेरिकामा छन् । उनीहरू ८ असोजमा विपिनकै रिहाइका लागि पहल गर्न अमेरिका पुगेका थिए । अमेरिकामा उनीहरूले संयुक्त राष्ट्रसंघका महासचिवदेखि विभिन्न पदाधिकारीसँग भेट गरेका छन् ।

अमेरिका जानुअघि बहिनी पुष्पा र आमा पद्मा साउन अन्तिम साता इजरायल पुगेका थिए । त्यहाँ उनीहरूले इजरायली राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भेट्नुका साथै विपिनको रिहाइका लागि आयोजना गरिएको र्‍यालीमा समेत सहभागी भएका थिए । पुष्पाले र्‍यालीमै दाइलाई सकुशल रिहाइ गरिदिन आग्रह गरेकी थिइन् ।

सम्बन्धित समाचार

ताजा न्यूज