बुध, कार्तिक ५, २०८३
17.1 C
Kathmandu

जेन–जी आन्दोलनको छानबिन आयोगले काम थाल्दै, राय सुझावसहितको प्रतिवेदन बुझाउने

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनमा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबारदेखि काम थाल्दै छ ।

आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की तथा सदस्यद्वय पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेका छन् ।

काम सुरु गर्न लागेको अध्यक्ष कार्कीले बताए । कार्यादेशअनुसार नै जाँचबुझको कामलाई अघि बढाउने उनले स्पष्ट पारे ।

राजपत्रमा प्रकाशित सूचनामा आयोगलाई तोकेको कार्यादेशमा २३ र २४ भदौको आन्दोलनमा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको छानबिन गर्ने उल्लेख छ ।

त्यस्तै, घटना हुनुको कारणबारे जाँचबुझ गरी सोको यकिन राय सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश छ । आयोगले क्षतिबारे पीडित पक्षसँग निवेदनसमेत लिने भएको छ ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय तथा सुझाव पेस गर्ने र सुझाव कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्ने कार्यादेश छ ।

सम्बन्धित समाचार

ताजा न्यूज