शनि, कार्तिक ८, २०८३
22.1 C
Kathmandu

देशले पायो पहिलो महिला महान्यायाधिवक्ता, सविता भण्डारीलाई जिम्मेवारी

काठमाडौं । पहिलो महिला प्रधानमन्त्रीसँगै देशले पहिलो महिला महान्यायाधिवक्ता पनि पाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा रोजेकी छिन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई आइतबार महान्यायाधिवक्तामा नियुक्त गरेका छन् ।

महान्यायाधिवक्ताले सरकारको कानुनी सल्लाहकारका रूपमा काम गर्दछन् । यसअघि केपी ओली सरकारमा रमेश बडाल महान्यायाधिवक्ता थिए । उनले आइबार नै राजीनामा दिएका थिए ।

नवनियुक्त महान्यायाधिवक्ता भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् । उनको तीन पुस्ता नै कानुन व्यवसायीको पेसामा छ । २००९ सालदेखि हालसम्म ३० जना महान्यायाधिवक्ता बनेका सबै पुरुष थिए ।

भण्डारीले पहिलो महिला महान्यायाधिवक्ताका रूपमा इतिहास रचेकी छिन् ।

सम्बन्धित समाचार

ताजा न्यूज