काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभन्दा बढी पदमा नबस्ने अठाेटका साथ काम गर्ने बताएकी छन्। आफ्नाे टिमले ६ महिनाभित्र पाएकाे जिम्मेवारी पुरा गरेर जिम्मेवारीमुक्त हुने उनले बताइन्।
जेन-जी आन्दाेलनपछि अन्तरिम सरकारका प्रधानमन्त्री बनेकी कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्ताे बताएकी हुन्। साथै यसका लागि उनले सबैकाे सहयाेग पनि मागिन्।
‘जुन परिस्थितिमा म आएँ, रहरले होइन। जतातैबाट मलाई जिम्मेवारी दिने आवज आयाे। सेवा गर्न पाइन्छ भने किन नगर्ने भनेर आएँ। मेराे जुन टिम छ, काम सुरु गरिसकेका छाैँ। सत्ताको, पदका रस्वासादन गर्न आएको हाेइन, उमेर पनि होइन’ कार्कीले भनिन्, ‘सक्दो हामीले ६ महिना अवधि, त्योभन्द बढी नबस्ने। कुनै हालतमा आफ्नो काम गरेर नयाँ आउने संसदलाई जिम्मेवारी सुम्पने अठाेट गरेका छौँ। यसमा यहाँहरूको साथ नपाइ सम्भव छैन।
