काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटन भएको छ।
नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका हुन् । उनले ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने म्यान्डेट कार्कीलाई दिएका छन् ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने भएको छ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेका जानकारी गराएको छ। जेनजीको मागबमोजिम प्रतिनिधि सभा विघटन गरिएको बताइएको छ ।
राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह भने यथावत छन् ।
