काठमाडौं । नेपालको प्रथम महिला प्रधानमन्त्री बन्दै सुशीला कार्कीले फेरि अर्को रेकर्ड बनाएकी छिन् । प्रथम महिला प्रधानन्यायाधीश बनेर रेकर्ड बनाएकी कार्की जेनजी आनेलनको बलमा प्रथम महिला प्रधानमन्त्री बनेकी हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
संविधानको धारा ६१( १ र २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ।
राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ। सोही आधारमा कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।
