शनि, कार्तिक ८, २०८३
15.1 C
Kathmandu

हिंसात्मक घटनाको छानबिन गर्न समिति गठन, सामाजिक सञ्जालको प्रतिबन्ध हट्यो

काठमाडौं । जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ ।

१९ जनाको मृत्यु भएपछि बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हो ।

सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार समितिले १५ दिनभित्र घटनाको छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउने छ ।

मन्त्री गुरुङले छानबिन समिति गठनसंगै सरकारले बन्द गरेका सबै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने निर्णय समेत गरेको बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज