शनि, कार्तिक ८, २०८३
15.1 C
Kathmandu

जेनजीमाथि सरकारको चरम दमन, १९ युवा मारिए, ४२६ घाइते

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन–जीको प्रदर्शनमा सुरक्षा व्यवस्थापनमा सरकार असफल हुँदा १९ जनाको ज्यान गएको छ । प्रदर्शनको क्रममा ४ सयभन्दा बढी घाइते भएका छन् ।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुरक्षा चुनौतीप्रति बेवास्ता र जेन–जीको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति लिँदा अप्रिय घटना भएको सत्तारूढ तथा विपक्षी दलका नेताहरूले बताएका छन् ।

जेन–जी पुस्ताले केही सातायता सामाजिक सञ्जालमा भ्रष्टाचार र नेताहरूका सन्तानको विलासी जीवनविरुद्ध असन्तुष्टि व्यक्त गर्दै आएका थिए । सोही कारण सामाजिक सञ्जालमा ‘नेपो किड’ र ‘नेपो बेबिज’ ट्रेन्ड चलेको थियो ।

यसबीचमा सरकारले केही सामाजिक सञ्जाल दर्ता हुन नआएको भन्दै बन्द गर्ने निर्णय गर्दा जेन–जी थप आक्रोशित भएर प्रदर्शनमा उत्रिएका थिए । प्रशासनले कफ्र्यू जारी गरे पनि प्रदर्शन रोकिएको थिएन । यसैबीच, घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सरकारमाथि चौतर्फी दबाब परेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज