बिहि, कार्तिक ६, २०८३
23.1 C
Kathmandu

उड्ने कार ‘नाडा अटो शो’को मुख्य आकर्षण, हेर्न पाइने, किन्न नपाइने !

काठमाडौं । ‘नाडा अटो शो’मा मंगलबारदेखि काठमाडौंमा जारी छ । यसको मुख्य आकर्षणको केन्द्रमा उड्ने कार रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेलदेखि ‘नाडा अटो शो’ हेर्न पुगेका अधिकांशले उड्ने कारको उत्सुकतापूर्वक अवलोकन गरे ।

उड्ने कारलाई नेपालमा पहिलो पटक ‘नाडा अटो शो’मा राखिएको छ । उड्ने कारसम्बन्धी नीतिगत व्यवस्था नभएकाले बिक्रीका लागि भने यो कार उपलब्ध छैन ।

‘नाडा अटो शो’ २०२५ को मुख्य आकर्षण दिपलको उड्ने कार भएको छ । एमएडब्लू समूहअन्तर्गतको एमएडब्लू वृद्धि अटो कर्प प्रालिले नेपालमा यो उड्ने कार ‘नाडा अटो शो’मा प्रदर्शनका लागि मात्रै ल्याएको हो ।

उड्ने कारसम्बन्धी कानुनी प्रावधान नहुँदा इलेक्ट्रोनिक भर्टिकल टेकअफ ल्यान्डिङ एयर ट्याक्सीलाई प्रदर्शनीमा मात्रै राखिएको आयोजकले जनाएका छन् । उडाएर ल्याउने कानुनी व्यवस्था नभएकाले तातोपानी नाकाबाट भित्र्याउादा सडक बिग्रेका ठाउँमा काँधमा बोकाएर ल्याइएको हो ।

दिपलले विकास गरेको उड्ने कार सिधै उडाउन र ल्यान्ड गराउन सकिन्छ । यो कार पूर्णरुपमा विद्युतीय हो । बिक्रीका लागि नभई प्रदर्शनका लागि मात्रै राखेकाले यसको मूल्य कम्पनीले खुलाएको छैन ।

नेपालमा उड्ने कारसम्बन्धी नीतिगत व्यवस्था छैन । तर नीति निर्मातालाई घच्घच्याउनका यो कार ल्याएर प्रदर्शनमा राखिएको हो ।

दिपलको उड्ने कारको प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णु पौडेलले समेत अवलोकन गरेपछि नीतिगत निर्णयका बारेमा उनीहरूले केही बोलेनन् ।

सम्बन्धित समाचार

ताजा न्यूज