शनि, कार्तिक ८, २०८३
16.1 C
Kathmandu

मदन भण्डारीले चुनावी प्रचार गर्न भाडामा लिएकै घरमा विद्याको सम्पर्क कार्यालय

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी मदन भण्डारी फाउन्डेसनमार्फत एमालेको आन्तरिक राजनीतिमा सक्रिय बन्ने भएकी छिन्। फाउन्डेसनको निर्णयअनुसार स्वर्गीय मदन भण्डारीको हीरक जयन्ती कार्यक्रम तयारीका लागि अलग्गै कार्यालय भाडामा लिएर पूर्वराष्ट्रपति भण्डारी एमालेको आन्तरिक राजनीतिमा सक्रिय बन्न लागेकी हुन्।

त्यसका लागि फाउन्डेसनले नयाँ बानेश्वर थापागाउँमा काठमाडौंका पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर छिट्टै कार्यालय सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार अगाडि बढाएको छ।

उक्त घरमा २०४८ सालमा मदन भण्डारीले चुनावी प्रचार कार्यालय राखेका थिए। त्यसबेला मदनले काठमाडौं क्षेत्र नम्बर १ र ५ बाट चुनाव जितेका थिए।

२०५० साल जेठ ३ गते मदन भण्डारीको निधन भएपछि क्षेत्र नम्बर १ को उपनिर्वाचनमा विद्या भण्डारीले पनि सोही घरमै कार्यालय राखेर चुनाव प्रचार गरेकी थिइन्।

सम्बन्धित समाचार

ताजा न्यूज