आइत, कार्तिक ९, २०८३
16.1 C
Kathmandu

‘ब्रेन ड्रेन’ रोक्ने हिमानी ट्रस्टको कार्यक्रममा पूर्वराजासहितको उपस्थिति

काठमाडौं । हिमानी ट्रस्टको आयोजनामा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लबमा प्रतिभा रोक्ने सन्देशका साथ कार्यक्रम आयोजना गरिएको हो। ‘स्वदेश फर्क स्वदेशै स्वर्ग’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्यहरूको उपस्थिति थियो।

करिब ५ घण्टा चलेको कार्यक्रममा पूर्वराजा शाहसहित, पूर्वयुवराज पारस शाह, पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वराजकुमारी पूर्णिका, पूर्वनवयुवराज हृदेयन्द्रको उपस्थिति रहेको थियो । यस्तै, अधिराजकुमारी श्रुति शाहका छोरीहरू गीर्वाणी राणा र सुरंघा राणाको पनि उपस्थिति थियो ।

हिमानी ट्रस्टकी सदस्यसचिव शुभेच्छा शाहका अनुसार प्रतिभालाई मुलुकभित्रै रोक्न र फर्किनेलाई स्वागत गर्न ट्रष्टले पहल गर्नेछ ।

सम्बन्धित समाचार

ताजा न्यूज