काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले बिजुलीको बिल नतिर्नेलगायत विचौलियाहरूविरूद्ध आन्दोलन गर्ने बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालबाट प्रसाईंले जानकारी दिएका हुन् ।
ललिता निवास खाने, बालमन्दिर निल्ने, बिजुलीको बिल नर्तिने १६ जना तस्कर मारवाडीलाई देश छाड्न बाध्य बनाउने चेतावनी पनि दिएका छन् ।
ुकेपी ओली कम्पनीका मुख्य पार्टनरलगायत १० जना विचौलिया तस्कर नेपाली ३० जना तस्कर नेताहरूलाई घर(घरबाट खेद्न नागरिक बचाउ महाअभियानले तुरुन्तै आन्दोलन गर्दै छु प्रसाईंले लेखेका छन् ुदेश छाड्न तयार हुनुहोस् नत्र भाग्ने अवसर पनि नपाउनुहोला ।
