शनि, कार्तिक ८, २०८३
16.1 C
Kathmandu

सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ४०० र चाँदीको २० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज