आइत, कार्तिक १६, २०८३
13.1 C
Kathmandu

ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ

काठमाडौं । पर्सामा हत्या आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१, राजदेवीटोलका ३१ वर्षीय साजन सर्राफ छन् ।

पर्साको वीरगन्ज महानगरपालिका–७, रामटोलका ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको उनीमाथि आरोप छ । हत्या आरोपित साजन सितारामका ज्वाइँ हुन् । सोमबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

साजन वीरगन्ज–१०, प्रगतिटोलमा डेरा गरी बस्दै आएका थिए । उनीहरूबीच झगडा हुँदा कुटपिटबाट सिताराम गम्भीर घाइते भएका थिए । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज