शनि, कार्तिक १५, २०८३
15.1 C
Kathmandu

सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

सिरहा । सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले यात्रुवाहक बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका ३७ वर्षीय अरुण साह एक थान पेस्तोलसहित पक्राउ परेका हुन् । रासस

सम्बन्धित समाचार

ताजा न्यूज