शुक्र, कार्तिक १४, २०८३
17.1 C
Kathmandu

बालाजुचोकमा एटीएम फुटाउने क्रममा एक व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजुचोकमा एटीएम फुटाउने क्रममा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भई हाल काठमाडौं– १४ कलंकी बस्ने वर्ष १८ को राधेश्याम बैठा रहेका छन् । बैठालाई प्रहरीले एटीएम फुटाउन प्रयोग गरेको फलामको रडसहित पक्राउ गरेको हो ।

साउन १३ गते अन्दाजी २ः४४ बजेको समयमा बालाजु चोकस्थित माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गर्दा उनी समातिएका हुन् ।
खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा प्रहरी टोली पुगेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । बैठालाई फलामको रडसहित नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भई रहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज