शुक्र, कार्तिक ७, २०८३
17.1 C
Kathmandu

पूर्वराज्यमन्त्री रायको हत्या उनकै घरमा काम गर्ने युवकले गरेको खुलासा

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरी स्रोतका अनुसार रायको हत्या उनकै घरमा काम गर्ने २१ वर्षीय युवक रामउजैन रायबाट भएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ ।

हत्या गर्दा ती युवकले लगाएका कपडाहरु समेत लुकाएको अवस्थामा बरामद भएको छ । रगत लागेको अवस्थामा ती कपडाहरु बरामद भएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीकै तालिम प्राप्त कुकुरले गरेको सहायताले हत्यामा प्रयोग गरिएको घरेलु हतियार बरामद भएको थियो ।

घटनाको अनुसन्धानका लागि सीआईबीबाट इन्सपेक्टरसहतिको टोली समेत खटिएको थियो । जिल्ला र मधेश प्रदेशबाट समेत टोली खटिएर घटनाको अनुसन्धान गरेका थिए ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा खेती लगाउन गएका बेला आइतबार राति उनको हत्या भएको थियो । ८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज