असार २८ – लण्डन जाँदै गरेको बोइङ ७८७ ड्रीमलाइनर एयर इन्डिया विमान अहमदाबाद विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनामा परेको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (ए.ए.आई.बी.) को रिपोर्टमा उल्लेख छ।
विमान जमिनमा खस्दा जमिनका सहित गरेर कम्तीमा २६० जनाको मृत्यु भएको थियो। विमानमा सवारमध्ये एक जना बाँच्न सफल भएका थिए।
ब्ल्याक बक्स अडियो अनुसार एक पाइलटले अर्कोलाई ‘ किन कट अफ गर्यौ ’ भनेर सोध्दा , उसले ‘मैले गरेको होइन’ भन्ने जवाफ दिएको रिपोर्टमा उल्लेख छ । विमानले १८० नट गति पुगेको बेला दुवै इन्जिनका इन्धन स्विचहरू एक सेकेन्डको अन्तरमा बन्द गरिएको पाइएको छ । इन्जिन फेरि स्टार्ट हुने क्रममा नै विमान जमिनमा खसेको थियो।
यो प्रारम्भिक प्रतिवेदन मात्र हो अन्तिम निष्कर्ष पछि मात्र सार्वजनिक हुनेछ।
एयर इन्डिया दुर्घटनाको प्रारम्भिक रिपोर्टले के भन्छ
