शुक्र, कार्तिक १४, २०८३
17.1 C
Kathmandu

आफ्नै देवरले किन गरे भाउजूको हत्या

विराटनगर । मोरङको रतुवामाई नगरपालिका वार्ड न–६ मा असार २१ गते ६० वर्षीय टीकामाया (टीकामाया बोल्न नसक्ने महिला थिइन् ) कार्की बस्नेतको आफ्नै देवर ६९ वर्ष टंकबहादुर बस्नेतले अंश सम्बन्धी पुरानो झगडा लिएर विवाद हुँदा टीकामायाको ज्यान गएको छ ।
केही समय यता मृतकका पति गणेशबहादुर बस्नेत र उनका सौतेला भाइ टंकबहादुरबीच पुख्र्यौली सम्पत्तिको बाँडफाँट सम्बन्धी झगडा चर्किएको थियो ।
हँसियाको बिँड प्रहार गरेर टीकामायाको हत्या गरिएको थियो । घटनामा प्रयोग भएको हँसिया टंककै घरबाट बरामद गरिएको छ ।
प्रहरीले सोमबार दिउँसो टंकलाई आफ्नै घरबाट पक्राउ गरेको हो । टंकविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज