काठमाडौं । भ्रष्टाचार अभियोग खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार उक्त आदेश दिएको हो। संविधान र भूमिसम्बन्धी ऐन २०२१ अनुसार हदबन्दी छुटमा प्राप्त जग्गा बिक्री गर्न मिल्दैन। अदालतले हाललाई धरौटीमा रिहा गर्ने आदेश दिए पनि मुद्दा अझै बाँकी रहने छ।
२०६६ माघ १८ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा रहेको मन्त्रिपरिषदले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न हदबन्दी छुट दिने निर्णय गरेको थियो। पतञ्जलिले करिब ६ सय रोपनी जग्गा खरिद गरेको देखिन्छ। पतञ्जलिले ती जग्गा पुनः बिक्री गर्ने निर्णय गर्यो। यसलाई लिएर शंका उत्पन्न भएको थियो।
पूर्वप्रधानमन्त्री नेपाल ३५ लाख रुपैयाँ धरौटीमा रिहा
