अन्तर्वार्ता लिन तयारी हुनुहोला । अन्तर्वार्ता दिने सर आइसक्नुभयो । सबै तयारी भई सकेको छ ।
तयारी गर्नुभएको सुमनसर आउन ढिलो हुन्छ अरे ।
हाकिमसाबले भन्नुभयो ।
हुन्न भन्ने साहस छैन ।
पाँच मिनेटमा तयार हुन्छु । एकछिन हजुरले भुलाउनु होला ।
सर अन्तर्वार्ता कस्को ? प्रश्नको उत्तर नदिई गइसक्नुभएको छ ।
टेबुलमा राखिएको कागज पढ्दापढ्दै सर आउनुभयो अब बोलाउँदा हुन्छ ?
हुन्छ सर ?
उहाँ ममताजी सरले चिनाउँदै भन्नुभयो।
नमस्कार, अतिथिका दुवै हात जोडिएका थिए। कुर्सीबाट जुरुक्क उठ्दै हात जोडिन् ।
क्यामेरा रेडी ।
अब हामी कार्यक्रमको अन्तिममा छौँ ।
नारी तपाईंको नजरमा ?
धेरै सम्मान गर्छु ।
अतिथि फेरि बोल्न थाल्नुभयो ।
अब म मेरो कुरा गर्छु । मलाई असाध्यै मनपरेकी केटी मेरो बाआमालाई मन परेन् । विद्रोह गर्न सकिन ।
कहिलेकाहीँ मान्छेले गजबको मौका पाउँछ ।
धेरै अगाडि प्रश्नको जवाफ नदिएर म भागेको थिएँ ।
तिम्रो सबै प्रश्नको उत्तरसँगै म प्रश्न गर्छु ।
मसँग बिहे गर्छ्यौँ । म तिमीलाई धेरै माया गर्छु ।
हार्दिक धन्यवाद ।
लघुकथा :- अन्तर्वार्ता
