बिहि, कार्तिक १३, २०८३
21.1 C
Kathmandu

प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच चार घण्टा अर्थपूर्ण छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । शाह र लामिछानेबीच बुधबार चार घण्टा भेटवार्ता भएको स्रोतले बताएको छ ।

रास्वपा सभापति लामिछाने हालै भारतमा तीर्थाटन गरी नेपाल फर्किएपछि प्रधानमन्त्री शाहसँग भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । लामिछाने नेपाल फर्किएपछि प्रधानमन्त्री शाह लामिछानेनिवास गएका हुन् ।

भेटमा भारत भ्रमणका साथसाथै सांसद खगेन्द्र सुनार, नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, निजामति कर्मचारी सम्बन्धि अध्यादेशमार्फत ल्याउने लगायतका विषयमा छलफल भएको बताइएको छ ।

निजामति कर्मचारी विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ल्याउन खोजेपछि कर्मचारीहरूबीच खैलाबैला मच्चिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज