सोम, कार्तिक ३, २०८३
16.8 C
Kathmandu

भोटेकोशी बाढी अपडेटः ८२३ शव फेला, पहिचानमै समस्या, अझै ४५ सय सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिका ८२३ शव भेटिएका छन् । तर, अधिकांशको सनाखत हुन सकेको छैन ।

पहिचान खुल्न नसकेका शवको संख्या बढ्दै जाँदा शव व्यवस्थापन चुनौती थपिएको छ । शवको सनाखतमा सघाउन भारतीय फरेन्सिक टोली पनि नेपाल आएको छ ।

तथ्यांकअनुसार हालसम्म भेटिएका शवमध्ये चार प्रतिशत पनि सनाखत हुन सकेको छैन । हालसम्म ८२३ शव भेटिएका छन् । तिमध्ये ३२ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।

धेरै शव क्षतविक्षत भएकाले पनि सनाखतमा समस्या भएको बताइएको छ । सनाखतमा ढिलाइ भएर शवहरू राख्न ठाउँ नभएपछि सरकारले ‘एयरटाइट’ प्लास्टिक झोलामा प्याक गरेर माटोमुनि राख्न थालेको छ ।

शवको डिएनए र औँठाछाप लिइएको छ । पछि सनाखत भएको अवस्थामा परिवारलाई दिने गरी माटोमुनि राखिएको प्रशासनले जनाएको छ ।

यसैबीच, भोटेकोशी र त्रिशूली नदी क्षेत्रका जलविद्युत् परियोजनाका सुरुङमा फसेका अनुमानित पाँच सयभन्दा धेरै मजदुर–कर्मचारीको अझै उद्धार हुन सकेको छैन ।

सरकारले निकै ढिला मात्रै भारतीय र चिनियाँ पक्षलाई उद्धारका लागि अनुमति दिएपछि दुई देशका उद्धारकर्ता आइतबारदेखि मात्रै खटिएका छन् । विदेशी विज्ञहरू ल्याएर काम गर्दासमेत उद्धारमा कठिनाइ भइरहेको सुरक्षाकर्मीहरू बताउँछन् ।

सम्बन्धित समाचार

ताजा न्यूज