सोम, कार्तिक ३, २०८३
19.1 C
Kathmandu

सप्तकोशी नदीमा जलसतह निरन्तर बढदै, कोशी ब्यारेजका २२ वटा ढोका खोलिए

काठमाडौं । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् । कोशी ब्यारेजमा लगातार पानीको बहाव बढेर प्रतिसेकेन्ड एक लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि २२ वटा ढोका खोलिएको प्रशासनले जनाएको छ ।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको संकेतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।

सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ ।

तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले आग्रह गरेको छ ।

यसैबीच, कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जनसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज