बिहि, कार्तिक १३, २०८३
19.1 C
Kathmandu

विश्वकप लिग टुमा नेपालको खराब प्रदर्शन रोकिएन, नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । घरेलु टोली नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित भएको हो ।

यसअघि पहिलो खेलमा नामिबियासँग नेपाल ८ विकेटले पराजित भएको थियो । घरेलु मैदानमा यसअघि खेलिएका दुई वटा सिरिजमा राम्रो प्रदर्शन गरे पनि नेपालले अवे सिरिजमा भने खराब प्रदर्शन गरेको छ ।

नेपालले आफ्ना ३० खेलमध्ये १७ खेलमा पराजय भोगिसकेको छ । जसमा अधिकांस हार अवे सिरिजमा भएको छ ।

नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । नेदरल्यान्ड्सका स्कट इडवार्ड र नोह क्रोइसको अविजित साझेदारी नै जितको आधार बन्यो ।

इडवार्डले ८९ बलमा ६१ रन र क्रोइसले ५९ बलमा ३४ रन बनाए । उनीहरुबीच नटआउट ८५ रनको साझेदारी भयो । नेपालका खेलाडीले भने अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।

नेदरल्यान्डको उत्रेथमा जारी सिरिजमा नेपालले आगामी सोमबार नामिबियासँग तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार

ताजा न्यूज