बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

यसरी चयन हुँदैछन् रास्वपाका केन्द्रीय सदस्य र पदाधिकारी, ५१ सदस्य भने मनोनित हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विधान संशोधनसम्बन्धी मस्यौदा प्रस्तावमा १५८ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ ।

जसमध्ये एकजना सभापति र ९९ केन्द्रीय सदस्यको पहिलो चरणमा निर्वाचन हुनेछ । ५१ सदस्य सभापतिले मनोनयन गर्नेछन् भने सात प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुनेछन् । सभापति पनि स्वतः केन्द्रीय सदस्य हुन्छन् ।

रास्वपाले केन्द्रीय सदस्य निर्वाचित व्यक्ति मात्र पदाधिकारीका लागि योग्य हुने व्यवस्था गरेको छ । १९ सदस्यीय पदाधिकारीमध्ये १ वरिष्ठ नेता, २ उपसभापति, १ महामन्त्री, ३ सहमहामन्त्रीका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ । १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता र ३ सहप्रवक्ता सभापतिले मनोनीत गर्ने प्रस्ताव मस्यौदामा गरिएको छ ।

सहमहामन्त्री विपिन आचार्य नेतृत्वको विधान संशोधनको मस्यौदा सचिवालय र केन्द्रीय समिति बैठकले पास गरिसकेको छ । मंगलबार हुने बन्दसत्रले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । प्रवक्ता मनीष झाका अनुसार महाधिवेशनमा ४३ सयदेखि ४४ सयको हाराहारी प्रतिनिधि पुग्नेछन् ।

सम्बन्धित समाचार

ताजा न्यूज