आइत, कार्तिक ९, २०८३
25.1 C
Kathmandu

एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ, के हो अभियोग ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । उनलाई विभागको पक्राउ पुर्जीको आधारमा सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

उनलाई नेपालगन्ज हुँदै काठमाडौं ल्याएर थप अनुसन्धान गर्ने तयारी छ ।

पौडेल एमालेको आन्तरिक चुनावी समीक्षा एवम् संगठन पुनर्गठन कार्यक्रममा लागि आइतबार सुर्खेत पुगेका थिए । कार्यक्रमस्थलबाटै प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

ताजा न्यूज