आइत, कार्तिक ९, २०८३
22.1 C
Kathmandu

पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन, योगदानको स्मरण

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ ।

पछिल्लो समय दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको गएराति निधन भएको हो । विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका खरेलले पटक–पटक गरी झण्डै ९ वर्ष जेल जीवन बिताएका थिए ।

बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतलाई अदर्श मान्ने खरेल २०५६ मा संसद निर्वाचित भएपछि शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेका थिए ।

मन्त्री भएका बेला संसद विघटन भएपछि उनले नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएका थिए । खरेलको निधनप्रति कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज