एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा कंगोसँग पोर्चुगल १–१ गोलको बराबरीमा रोकिएको छ । कंगोले बलियो मानिएको पोर्चुगलसँग अंक बाँड्दै ऐतिहासिक नतिजा निकालेको हो ।
खेलको छैटौं मिनेटमै पोर्चुगलले अग्रता लिएको थियो । पेड्रो नेटोको आकर्षक क्रसमा जोआओ नेभेसले हेडमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर पहिलो हाफको इन्जुरी समयमा कंगोले खेल बराबरीमा ल्यायो । आर्थर मासुआकुको क्रसमा योआने विस्साले हेडमार्फत गोल गर्दै कंगोका लागि विश्वकप इतिहासकै पहिलो गोल गरे ।
दोस्रो हाफमा पोर्चुगलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि थप गोल गर्न सकेन ।
४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोले पूरा खेल खेले पनि गोल गर्न सकेनन् । रोनाल्डोले दोस्रो हाफमा दुई राम्रो अवसर पाए पनि गोल गर्न चुके ।
यसैबीच, इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । समूह ‘एल’ को खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
इंग्ल्यान्डका कप्तान ह्यारी केनले २ गोल गरे भने जुड बेलिंघम र मार्कस रासफोर्डले १–१ गोल गरेका छन् ।
