शुक्र, कार्तिक ७, २०८३
15.1 C
Kathmandu

किलियन एम्बाप्पेको कीर्तिमानी गोल, फ्रान्ससँग सेनेगल ३–१ ले पराजित

काठमाडौं । काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत भएको खेलमा किलियन एम्बाप्पेको कीर्तिमानी गोलसँगै फ्रान्सले सेनेगललाई ३-१ ले पराजित गरेको छ ।

खेलको पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन । तर दोस्रो हाफको अन्तिममा भने लगातार गोलको वर्षा भएको थियो ।

६६ औँ मिनेटमा फ्रान्सका फरवार्ड एमबाप्पेले पहिलो गोल गरेर गोलको खडेरीलाई तोडेका थिए । माइकल ओलिसेको पासमा उनले फ्रान्सका लागि यो विश्वकपमा पहिलो गोल गरे ।

ब्राडली बारकोलाले मैदानमा प्रवेश गरेको दोस्रो मिनेटमै गोल गरेपछि फ्रान्सले २–० को अग्रता लियो। ओसमन डेम्बलेको स्थान लिन उनी ८० औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरे लगत्तै गोल गरेका थिए ।

इन्जुरी टाइममा सेनेगलका इब्राहिम एम्बाप्पेले आफ्नो देशको लागि पहिलो गोल गरे । त्यसको केही क्षणमै एमबाप्पेले आफ्नो दोस्रो गोल गरेपछि फ्रान्सले सेनेगललाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भयो ।
उनले राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या ५८ पुर्‍याउँदै फ्रान्सका सर्वकालीन सर्वाधिक गोलकर्ता बने।

रियल म्याड्रिडका फरवार्ड एम्बाप्पेले ९९ अन्तर्राष्ट्रिय खेलमा ५८ गोल गरेका छन्। उनले यसअघि जिरुडको नाममा रहेको ५७ गोलको कीर्तिमानलाई पछि पारे।

सम्बन्धित समाचार

ताजा न्यूज