काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् ।
विश्व वातावरण दिवसका अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास, प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले विश्वसमुदायलाई गम्भीर चुनौती दिएको उल्लेखसमेत गरेका छन् ।
जलवायु परिवर्तन भविष्यका लागि खतरामात्र नरहेर वर्तमान समयमा नै यसको प्रभाव देख्न सकिने उनले बताएका छन् ।
