काठमाडौं । रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खारेज गरेको छ ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
सदस्यता खारेज भएकाहरूको नाम भने रास्वपाले गोप्य राखेको छ ।
यसैबीच, रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । सचिवालय बैठकले बुधबार केन्द्रीय समिति बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
