काठमाडौं । लायन्स क्बलव अफ काठमाडौं सहयात्रीले नेशनल अर्किड बोर्डिङ हाई स्कुलमा साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेशनल अर्किड बोर्डिङ हाई स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम बिहीबार भव्यताका साथ सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा विद्यार्थीहरूलाई सुरक्षित रूपमा इन्टरनेटको प्रयोग गर्ने तरिका, साइबर अपराधबाट जोगिने उपाय, सामाजिक सञ्जालको मर्यादित तथा जिम्मेवार प्रयोगका साथै डिजिटल सुरक्षासम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाएको थियो।
कार्यक्रम सञ्चालनका लागि आवश्यक सहयोग तथा समन्वय प्रदान गर्ने विद्यालय प्रशासनप्रति आयोजक संस्था लायन्स क्बलव अफ काठमाडौं सहयात्रीलले हार्दिक आभार व्यक्त गरेको छ । विशेषगरी विद्यालयका प्रधानाध्यापक पूर्ण रावलप्रति यस्ता महत्वपूर्ण कार्यक्रम सञ्चालनका लागि अवसर प्रदान गर्नु भएकोमा धन्यवाद ज्ञापन गरिएको छ।
साथै, कार्यक्रमको सफल व्यवस्थापन तथा सहज समन्वयका लागि संयोजक अविनाश यादवप्रति पनि विशेष कृतज्ञता व्यक्त गरिएको छ।
आयोजक संस्थाले यस्ता सचेतनामूलक कार्यक्रमहरूले विद्यार्थीहरूलाई डिजिटल युगमा सुरक्षित, जिम्मेवार तथा सचेत नागरिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ। विद्यार्थीहरू उत्साहित भएर कार्यक्रममा सहभागी भएका थिए ।
