बुध, कार्तिक ५, २०८३
17.1 C
Kathmandu

पेट्रोल र डिजेलको भाउ घट्यो, हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले बिहिबार रातीबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएकाे छ भने, हवाइ इन्धन र ग्यासको मूल्य बढाएकाे छ ।

पेट्रोल २ रुपैयाँ र डिजेल तथा मट्टितेल समान १२ रुपैयाँ प्रतिलिटरले घटाएको छ । यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय ५० रुपैयाँका दरले बढाएको छ।

मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोल २ सय १७ र डिजेल तथा मट्टितेल समान २ सय २५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

आन्तरिक हवाइ इन्धनको भाउ प्रतिलिटर ७ रुपैयाँले बढाएर २ सय ६९ रुपैयाँ कायम गरिएको छ । बाह्य हवाइ इन्धन प्रतिकिलोलिटर ४६ डलर बढाएर १८ सय ३१ डलर कायम गरिएको छ ।

खाना पकाउने एलपी ग्यासको प्रतिसिलिण्डर २ हजार १० रुपैयाबाट बढेर २१ सय ६० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज