काठमाडौं । २५७०औँ बुद्ध जयन्ती शुक्रबार मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप बुद्ध जयन्ती मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र निधन वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँछन् ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्ती मनाउनका लागि लुम्बिनीलाई सिँगारिएको छ ।
मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई झिलीमिली पारिएको छ । विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढंगले सजाइएको छ । यसैबीच, लुम्बिनीको कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह नजाने भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सभामुख डोलप्रसाद अर्याल र विशिष्ट अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेल सहभागी हुनेछन ।
बुद्ध जयन्तीका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।
