बुध, कार्तिक ५, २०८३
26.1 C
Kathmandu

इरान ध्वस्त हुने अवस्थामा पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी, इरानी अडान कायमै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ध्वस्त हुने अवस्थानजिक पुगेको दाबी गरेका छन् । सकेसम्म छिटो स्ट्रेट अफ होर्मुज खुलाउन चाहिरहेको जिकिर पनि ट्रम्पले गरेका छन् ।

इरानले अमेरिकासँग वार्ताका लागि अघि सारेको तीन सर्त पनि अमेरिकाले अस्वीकार गरेको ट्रम्पले बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत अहिले इरान आफ्नो नेतृत्व अवस्था सम्हाल्ने प्रयासमा रहेको र हालको अवस्थाबाट बाहिरिन चाहेको बताएका छन् ।

इरानले भने ट्रम्पको दबाब नस्वीकार्ने स्पष्ट पारेको छ । इरानी रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाएई–निकले अमेरिका अब अरू देशलाई के गर्नुपर्छ भनेर निर्देशन दिने अवस्थामा नरहेको बताए । उनले अमेरिकाले आफ्ना गलत मागहरू त्याग्नुपर्ने पनि बताएका छन् ।

अमेरिका, इरान र इजरायलबीच हाल युद्धविराम लागू भए पनि द्वन्द्व अन्त्यका लागि भइरहेको वार्ताले ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट इन्धन ढुवानी अझै पनि सहज हुन सकेको छैन ।

सम्बन्धित समाचार

ताजा न्यूज