काठमाडौं । सरकारले संसदीय प्रक्रिया छल्न आह्वान भइसकेको संसद अधिवेशन स्थगित गरी दुईवटा अध्यादेश ल्याएको छ।
यसअघि प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषदले वैशाख ८ गते गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।
वैशाख १७ गतेका लागि आह्वान गरिएको उक्त अधिवेशन वैशाख १० गते मन्त्रिपरिषदकै सिफारिसमा राष्ट्रपतिबाट स्थगित गरिएको थियो। सरकारका केही मन्त्रीले संसदलाई बिजनेस नभएकाले अधिवेशन स्थगित गरिएको बताएका थिए।
एक साताअघि मात्र तयारी नपुगेको भन्दै संसद अधिवेशन स्थगित गरेको सरकारले यही मौकामा संसदीय प्रक्रिया छल्दै दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको हो।
सोमबारको मन्त्रिपरिषद बैठकले संसद अधिवशेन छल्दै ल्याएका दुई अध्यादेशमा संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश छन्।
