बिहि, अशोज ८, २०८३
17.1 C
Kathmandu

नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, के के छन् एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेसले चैत ६ गते बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको र अधिकांश उम्मेदवार पराजित भएको अवस्थामा कांग्रेसले चुनावी समीक्षा गर्न यो बैठक राखेको नेताहरूले जनाएका छन्।

साथै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको नियमित महाधिवेशनलगायत विषयमा पनि बैठकमा कुराकानी हुनेछ।

कांग्रेसले फागुन २१ को चुनावका लागि १६५ क्षेत्रमै उम्मेदवारी दिएको थियो। तर १८ ठाउँमा मात्रै जित्यो। समानुपातिकतर्फ २० सिट जितेको छ।

सभापति गगन थापासहित चुनाव उठेका सबै पदाधिकारी पराजित भएका थिए।

चुनावी समीक्षा गर्न माग भएपछि केन्द्रीय समिति बैठक गर्न लागिएको हो।

प्रवक्ता देवराज चालिसेले चुनावी समीक्षालगायत विषयमा केन्द्रीय समितिमा छलफल हुने बताए।

सम्बन्धित समाचार

ताजा न्यूज