शुक्र, अशोज ९, २०८३
17.1 C
Kathmandu

नेपालमा पुनः भित्रिदैछ वर्षा गराउने प्रणाली, कहाँसम्म पुग्नसक्छ प्रभाव ?

काठमाडौं । मौसमविदले बिहीबारबाट पुनः वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका छन्। मौसमविद् विनोद पोखरेलले बिहीबार बेलुकाबाट पश्चिम नेपालमा वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका हुन्।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञानका अनुसार शुक्रबार र शनिबार धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्छ। यो वर्षा भारी हुनसक्नेसमेत उनले बताएका छन्। यसपटक काठमाडौं र मधेस प्रदेशमा पनि राम्रो वर्षा हुने सम्भावना रहेको पोखरेलको भनाइ छ।

जल तथा मौसम विज्ञान विभाग, मोसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने बताएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको बताएकोछ ।

सम्बन्धित समाचार

ताजा न्यूज