शुक्र, अशोज ९, २०८३
17.1 C
Kathmandu

यि हुन् कांग्रेसले छानेका समानुपातिक २० सांसद (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा पेश गरेको छ ।

१५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगमा पेश गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । खस आर्यबाट दुई पुरुषको नाम पठाइएको छ ।

खस–आर्यबाट अर्जुननरसिंह केसी, आदिजाजी जनजातिबाट भीष्मराज आङ्देम्बे, मधेसीबाट चन्द्रमोहन यादव, दलितबाट मानबहादुर नेपाली र अपाङ्ग अल्पसंख्यकबाट मदनकृष्ण श्रेष्ठले मौका पाएका छन्।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आदिवासी जनजाती रखसआर्यबाट ६–६, दलित र मधेसीबा ३–३ जनाको नाम बुझाइएको छ। यस्तै मुस्लिम र थारुबाट १–१ जनाको नाम पठाइएको छ भने खसआर्य क्लस्टरबाटै पिछडिएको क्षेत्रबाट एक एक नाम आयोगमा पठाइएको छ।

खस आर्य महिलामा सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया र गंगा शाहीको नाम छनोट भएको छ। आदिवासी जनजाति महिलातर्फ गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा र सुनिताकुमारी सुवेदीको नाम टुंगिएको छ।

दलित महिलाबाट हरिनादेवी कामी र पवित्रा विकको नाम टुंगिएको छ। थारू पिडडिएको क्षेत्रबाट विद्यादेवी तिमिल्सिना, महिलाबाट प्रमिलाकुमारी गच्छदार र मुस्लिम महिलाबाट शाहजान खातुनको नाम आयोगमा पठाइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज