काठमाडौं । राजनीतिक दल र उम्मेदवारहरू यही फागुन २१ गते हुने निर्वाचनको पूर्ण प्रचारप्रसारमा होमिएका छन् । शीर्ष नेताहरू काठमाडौं उपत्यकाबाहिरका आ–आफ्ना निर्वाचन क्षेत्रमा प्रचारमा व्यस्त छन् ।
कांग्रेस सभापति गगन थापा सर्लाही ४ मा व्यस्त छन् भने एमाले अध्यक्ष केपी ओली झापा ५ मा चुनाव प्रचारप्रसारमा छन् ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वी रुकुममा चुनावी प्रचारमा छन् ।
रास्वपा सभापति रवि लामिछाने चितवन २ मा र रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा ५ मा चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
निर्वाचन आयोगले उम्मेदवारहरूलाई मितव्ययी हुन निर्देशन दिएको छ । आर्थिक कारोबार वैध रूपमा मात्रै गर्न आयोगको आह्वान गरेको छ ।
