काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले आज अन्तिम खेल खेल्दै छ। समूह ‘सी’ मा रहेको नेपालले मंगलबार चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग खेल्न लागेको हो।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा मंगलबार बेलुकी सवा ७ बजे नेपाल र स्कटल्याण्ड भिड्नेछन्।
अघिल्लो तीन वटै खेलमा नेपाल पराजित भएको थियो। पहिलो खेलमा इंग्ल्याण्डविरूद्ध उत्कृष्ट खेलेको नेपाल त्यतिबेला ४ रनले पराजित भएको थियो।
त्यसपछिका खेलहरूमा नेपालले लय गुमाउन पुगेको थियो। इटालीसँग १० विकेट र त्यसपछि वेस्ट इण्डिजसँग ८ विकेटले नेपाल पराजित भएको थियो।
आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ। नेपालको समूहबाट स्कटल्याण्ड र इटाली पनि बाहिरिसकेको छ। इंग्ल्याण्ड र वेस्ट इण्डिजले सुपर ८ मा स्थान बनाइसकेका छन्।
