काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाकाअनुसार स्वास्थ्यमा समस्या देखिएपछि थापालाई नर्भिक अस्पताल लगिएको थियो । शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
उनी हाल नेपाली चलचित्र राम नाम सत्यको छायाँकनमा व्यस्त थिए । नेपाली चलचित्रमा ‘खलनायक’ भूमिकालाई नायक सरहको चर्चा र सम्मान दिलाउन सफल उनी ‘राते काइँला’ नामले विशेष रूपमा परिचित थिए ।
थापा मिलनसार, अनुशासित र सबैलाई सम्मान गर्ने स्थापित कलाकार थिए ।
